दफा ३०
निर्यात सरहको सुविधा पाउने
 प्रचलित कानून बमोजिम स्थापना भएको कुनै फर्म, कम्पनी वा उद्योगले विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगलाई आफ्नो कच्चा पदार्थ वा कुनै उत्पादन वा सेवा बिक्री गरेमा त्यस्तो बिक्रीलाई निर्यात सरहको मानी निर्यात गरे बापत प्रचलित कानून बमोजिम कुनै सुविधा पाउने भए त्यस्तो फर्म, कम्पनी वा उद्योगले सो सुविधा  पाउनेछ ।